• २०७७ मङ्सिर ९ गते मङ्गलवार

प्युठानमा शुक्रबारदेखि एक हप्ता सम्मका लागि लकडाउन गर्ने निर्णय

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ११ गते बिहिवार

प्युठान  : प्युठानमा शुक्रबारदेखि एक हप्ता सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ । कोरोना संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बिहीबार बसेको बैठकले भदौ १२ गतेदेखि १८ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो।
‘फ्रन्टलाइनमा खटिएकामध्ये केही स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ,’ प्रजिअ भुसालले भने, ‘ समुदायमै संक्रमण फैलिएको पुष्टि भइसकेको हुँदा एक हप्तासम्म पूर्ण लकडाउन गरी धमाधम पिसिआर परीक्षण गर्ने तयारी गरेका छौं।’
बुधबारमात्रै एक जना लक्षणसहितका व्यक्तिलाई समस्या देखिन थालेपछि थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको प्रजिअ भुसालले जानकारी दिए।
प्युठानमा हालसम्म ४ सय ३६ संक्रमित फेला परेका छन्। त्यसमध्ये ३ सय ६९ उपचारपछि घर फर्किसकेका छन्।
प्रजिअ भुसालका अनुसार हाल जिल्लामा ६७ जना सक्रिय संक्रमितहरू आइसोलेसनमा बसेर उपचार गराइरहेका छन्।
कोरोना संक्रमणका कारण प्युठानमा एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार