• २०७७ मङ्सिर ९ गते मङ्गलवार

कपिलबस्तु र पोखरामा कोरोनाका कारण एक एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ११ गते बिहिवार


कपिलबस्तु :  कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार कै क्रममा बुधबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । उनी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी थिए ।

त्यसैगरी कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ। भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा महानगरपालिका ११ की ३२ वर्षीया महिलाको आज विहान ८ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार