• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १० गते बुधवार

तुलसीपुर  : तुलसीपुर उपमहानगरपालिकामा ४ जना समुदायका ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो । उपमहानगरपालिका भित्रका १ जना स्वास्थ्यकर्मी, १ जना कन्ट्याक्ट टे«सिङका आधारमा चेकजाँच गरिएका घरमै बसेका एकजना, काठमाडौबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका एक जना र अर्का एक जना सरकारी कार्यालयका चालकमा कोरोना संक्रमण देखिएको तुलसीपुर कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

त्यसैगरी क्वारेन्टाइनमा रहेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । योसंगै बुधवारर तुलसीपुरमा ७ जनाको कोरोना पोजेटिभ आएको छ । तुलसीपुर उपमहानगरपालिकाबाट पिसीआर परिक्षणको लागी १०३ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तुलसीपुरमा हाल सम्म ८५ जनामा कोरोना पुष्टि भएकोमा ६८ जना निको भएर घरफर्किएका फोकल पर्सन केसीले जानकारी दिए । आज संक्रमित भएकोहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको समेत उनले बताए । अब तुलसीपुरका संक्रिय संक्रमित १७ जना रहेका छन,भने क्वारेन्टाइन ३ जना ब्यक्तिहरु बसिरहेको समेत उनले बताए ।

त्यसैगरी आजै नै घोराही उपमहानगरका विभिन्न वडा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा गरिएको परिक्षणमा घोराही १५ का १८ महिना र घोराही १५ का ३३ महिना बालिका गरी ९ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी घोराही ३ का ४१ बर्षीय, घोराही ११ का ३३ बर्षीय , घोराही १४ का २५,५०, बर्षीय, घोराही १५ का २३, ३८ बर्षीय र घोराही १८ का २७ बर्षीय गरी ५ पुरुष ४ महिलामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी प्युठानका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा गरिएको परिक्षणमा प्युठान नगरपालिका वडा नं. १ की ३४ महिला वडा नं. ३ का ३४ बर्षीय पुरुष, वडा नं. ४ का २७, ४३ बर्षीय महिला गरी ४ जना,प् युठान ऐरावती २ का ४६ बर्षीय एक पुरुष र प्युठान नौबहिना गाउँपालिका वडा नं. ५ का १८ बर्षीय पुरुष, वडा नं. ६ का १७, ४१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार