• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा आज कोरोना  भाइरसका   कारण  थप ११ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १० गते बुधवार

काठमाडौं : नेपालमा आज कोरोना  भाइरसका   कारण  थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षिया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षिय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । यस्तै बाँकेमा ३७ वर्षिय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षिय पुरुष र बारामा ४१ र ४६ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार