• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा थप ८८५ जनालाई कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १० गते बुधवार

काठमाडौँ :  नेपालमा थप ८८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय जना संक्रमित थपिए भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ४०५ पुगेको छ । बुधवार मात्रै थप ३८५ जना डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा १३ हजार २५२३ ओ टा पीसीआर परीक्षण गरिएको छ ।हाल संस्थागत आइसोलेशनमा ८ हजार ७११ जना रहेका छन् ।

हाल होम आईसोलेशनमा ६ हजार २८ जना रहेका छन् । कुल संक्रमित मध्ये ५६ दशमलव ६ प्रतिशत निको भएर घर फर्किएका छन् ।मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ९ हजार ८३२ जना रहेका छन् भने आईसीयूमा १५१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार