• २०७७ कार्तिक ४ गते मङ्गलवार

आज सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँ घट्यो

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १० गते बुधवार

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । आज प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ३०० सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ । केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैंयाँ रहेको थियो । मंगलबार पनि ९७ हजार २०० मा सुनको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार