शान्तिनगर ७ कुमलगडीमा बर्षाका कारण घर गोठ भत्किदा योगी परिवार विचल्लीमा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार

दाङ :  दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ कुमलगडी निवासी यकलाल योगीको घर र गोठ निरन्तर बर्षाका कारण पूर्ण रुपमा भत्किएको छ । ३ दिन अगाडी घरका भित्ताहरु चर्किएरको भएता पनि मंगलवार दिउँसो करिब ३ बजेतिर घर भत्किएको स्थानिय ओम भण्डारीले जानकारी दिए ।

शान्तिनगर ७ कुमलगडीमा बर्षाका कारण घर गोठ भत्किदाा योगी परिवार विचल्लीमा

शान्तिनगर ७ कुमलगडीमा बर्षाका कारण घर गोठ भत्किदाा योगी परिवार विचल्लीमा ,,,,, सहयोगको लागी आग्रह

Gepostet von Online Rapti am Dienstag, 25. August 2020

योगीको २ तले टिनको छानो भएको घर गोठ भत्किएको उनले बताए । घर भत्किदाँ योगीको परिवार विचल्लीमा परेका छन । ४ जना परिवार भएका उनीहरु अहिले बाहिर पाल टाकेर बसेको भण्डारीले बताए । केही समय अगाडी मात्र भारतबाट योगीका परिवार आएका आएका थिए ।

साथै आफ्नो घर गोठ भत्किदाँ आफुहरु घरबार बिहिन भएको भन्दै मिना योगीले सबैलाई सहयोग गरी दिन आग्रह गरेकी छन् । आफ्नो आर्थिक अवस्था कम्जोर रहेको र श्रीमान पनि विरामी छोरा छोरी साना भएकाले आफुलाई सहयोग गरिदिन उनले सबैमा आग्रह गरेकी छन । अहिले आफुहरु त्रिपाल टाकेर बाहिर बसी रहेको समेत बताइन ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार