• २०७७ कार्तिक १३ गते बिहिवार

नेपालमा मंगलबार थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार

काठमाडौँ  :  नेपालमा मंगलबार थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा थप ८५५ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए ।

अहिले देशका विभिन्न आइसोलेसनमा १४ हजार २ सय ५० जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा ३ सय १३ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार