• २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङमा लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार


दाङ :  दाङमा प्रहरीले लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । लमही नगरपालिका २ श्रीगाउँ स्थित ड्रिमल्याण्ड होटलबाट हिजो राती साढे १२ बजेतिर कपिलबस्तु शिवराज नगरपालिका २ का ४० बर्षीय शालिक राम सारुमगर, उनकी श्रीमती ३३ बर्षीया पार्वती सारु मगर र सोहि ठाउँका ३२ बर्षीय चन्द्र बहादुर बगाले मगरलाई पक्राउ गरिएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरी सहायक निरीक्षक युवराज गौतमको कमाण्डमा सादा पोसाकमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । होटेलको माथिल्लो तलाको कोठामा बसीरहेका शालिक रामको शरीर खानतलासी गर्दा प्रहरीले ३९ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । साथै उनीहरुले प्रयोग गर्ने गरेको बा १२ च २११६ नम्वरको स्कारपियो गाडी सहित उनीहरुलाई पक्राउ गरी जिप्रका दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार