• २०७७ कार्तिक १३ गते बिहिवार

मुख्यमन्त्री र प्रदेश ५ का प्रमुख जिल्ला अधिकारीका बिच भिडियो सम्वाद

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार


बुटवल :  कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे सोमबार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भर्चुअल सम्वाद गरेका छन् । मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि भइरहेका कामबारे जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन र पिसिआर परीक्षण तथा कन्ट्रयाक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिए । उनले बन्दाबन्दी र निषेधाज्ञालाई आवश्यकता र औचित्यको आधारमा गर्न र बन्दाबन्दी र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउन आग्रह गरे । उनले भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न समेत निर्देशन दिए।

उनले जिल्ला अधिकारीहरुलाई कोभिडले सिर्जना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिड १९ को उपचार तथा शान्ति सुरक्षाको प्रबन्धलाई प्रभावकारी बनाउन आग्रह गरे । मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ, त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए । प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला लागतरुपमा भएका काम र समस्या प्रस्तुत गरेका थिए । साथै तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे उनीहरुले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार