• २०७७ कार्तिक १५ गते शनिवार

बाँकेमा २० ग्राम ब्राउन सुगर सहित २ जना प्रहरी नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ८ गते सोमवार

बाँके : बाँके प्रहरीले अबैध लागु औषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ । बाँके नेपालगंज १३ परसनपुरवा निवासी २२ बर्षीय ओम प्रकाश सिंह र भारत रुपैडिया केवलपुरका २५ बर्षी अजय कौलिकलाई २० ग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोमवार दिउँसो साढे ३ बजेतिर जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलिले नेपालगंज १३ किसान ईट्टाभट्टा स्थित उनीहरुलाई चेकचाँज गर्ने क्रममा प्लाष्टिकमा २० वटा पुरिया बनाइ राखेको अवस्थामा उक्त परिमाणको ब्राउन सुगर फेला परेपछि नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यसैगरी बाँके प्रहरीले आइतवार राती ११ बजेतिर साढे ३ किलो लागु औषध चरेश सहित १ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको डुडुवा गाउँपालिका ४ का ३८ बर्षीय रामजान अली बागवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३ वटा प्लाष्टिकको पोका बनाइ रहेको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार