• २०७७ कार्तिक १२ गते बुधवार

बंगलाचुलीमा समुदायस्तरमा गएर शिक्षकले विद्यार्थीहरु पढाउने

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ८ गते सोमवार

दाङ : दाङको बंगलाचुली गाउँपालिकाले समुदायस्तरमा शिक्षकहरु परिचालन गरेर विद्यार्थीहरुलाई पढाउने भएको छ । गाउँपालिकाले ८ वटै वडाका सामुदायिक विद्यालयका शिक्षकहरुलाई समुदायमा पुगेर पठन पाठन गराउन निर्देशन जारी गरेको छ । कोरोना महामारीका कारण लामो समय सम्म बन्दाबन्दी हुदाँ विद्यार्थीहरु शिक्षा आर्जन गर्नबाट बन्चित हुनु परेको भन्दै मंगलबार देखि सबै वडाहरुका पाएक पर्ने स्थानमा पुगेर शिक्षकहरुले पढाउन सुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

जसका लागि विद्यालयका प्रधानाध्यापकहरुले तयारी थालेका छन् । गाउँपालिकाभरीका समुदायिक विद्यालयका शिक्षकहरु गाउँ÷गाउँमा पुगेर विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताए । अध्यक्ष वलीका अनुसार सुरक्षाका उपाय अपनाउँदै विद्यार्थीहरुलाई पाएक पर्ने स्थानमा शिक्षकहरुले पढाउने छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार