• २०७७ फाल्गुन १९ गते बुधवार

शान्तिनगरमा सोमवार ११ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ८ गते सोमवार


दाङ : शान्तिनगरमा सोमवार ११ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परिक्षणमा शान्तिनगर ३ की ३० बर्षीय महिला, वडा नं. ४ का ५,९,२४,२७,३१,४० बर्षीय महिला र ३४, ४० , ४२ बर्षीय पुरुष गरी ९ जना र वडा नं. ५ की १८ बर्षीय एक महिला गरी ११ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु सब भारतबाट भदौँ २ गते आएर क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए ।

उनीहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा पठाइएको उनले बताए । शान्तिनगरमा यसअघि २४ जनामा कोरोना पुष्टि भएकोमा २३ जना निको थिए, भने १ जनाको उपचार हुदै थियो । गाउँपालिकाबाट स्वाब परिक्षणको लागी ४० जनाको पठाएकोमा ११ जनामा पुष्टि भएको र अन्यको रिर्पाेट नेगेटिभ आएपछि आरडिटी परिक्षण गरेर घर पठाएको समेत उनले बताए । अब गाउँपालिकाले संचालन गरेको क्वारेन्टाइनमा ५ जना बसी रहेको संयोजक पुनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार