• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपालमा कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ८ गते सोमवार

काठमाडौं, ८ भदौ :  नेपालमा कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा सबैभन्दा बढी ४ जनाको कोरोनाबाट मृत्यु भएको बताए । उनका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षिय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो ।

यस्तै सुनसरीमा ६८ वर्षिय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौंका ४८ वर्षिया महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार