• २०७७ फाल्गुन २३ गते आइतवार

दाङमा छुटाछुट्टै स्थानमा मोटरसाइकलले ठक्कर दिदाँ २ बालिका घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ८ गते सोमवार

दाङ :  दाङमा छुटाछुट्टै स्थानमा मोटरसाइकलले ठक्कर दिदाँ २ बालिका घाईते भएका छन् । आइतवार साढे ११ बजेतिर दंगीशरण गाउँपालिका ७ मा पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ३ प १६१४ नम्बरको मोटरसाइकललेसोही ठाउँ बस्ने बुद्धिराम कुमालकी ८ बर्षीय छोरीलाई ठक्कर दिदाँ घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँकेमा लगिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । त्यसैगरी आइतवार राती ७ बजेतिर तुलसीपुर १६ मानपुर रोडमा तुलसीपुरबाट दमकापुर जादै गरेको रा १प ९३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ सोही ठाउँ बस्ने शरण वलीले ५ बर्षीय छोरी घाईते भएकी छन् ।

उनको तुलसीपुरमा रहेको रौनियार मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँके लगिएको प्रहरीले जनाएको छ । । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार