मेहेनत गरे पैसा कमाउन विदेश जान पर्दैन् : शान्तिनगर २ अमुवाका कृषक नारायण बुढाथोकी

अनलाइन राप्ती | 1:51 PM

पछिल्लो समय नेपालमा युवा पुस्ताहरु कृषि पेशालाई आधुनिक तरिकाले गर्दै आएका छन् । दाङका विभिन्न स्थानहरुमा गाउँपालन, कागती खेति, बाख्रा पालन जस्ता पेशामा विभिन्न ब्यक्तीहरु ब्यवसायी रुपमा लागेका छन् । तर शान्तिनगर गाउँपालिका २ अमुवामा एक जना कृषक २० औं बर्षदेखि कृषिमा ब्यवसायी रुपमा लाग्दै आएका छन् । अहिले कृषी क्षेत्रमा के कस्ता समस्या, चुनौति र अवसरहरु छन् । देशमा २० बर्षपछि स्थानियतहमा जनप्रतिनिधीहरु आएको ३ बर्ष भयो । अहिले स्थानिय सरकारले कृषकहरुलाई के कस्ता सहयोग अनुदान गर्दै आएको छ । त्यसबारेमा कृषक नारायण बुढाथोकीसंग गरिएका कुराकानी

 

स्वागत छ, यहाँलाई अनलाइन राप्तीमा ?
धन्यवाद, यहाँहरुलाई आज यहाँहरु मेरो कृषीर्फममा आएर मेरा विचारहरु राख्न मौका दिनुभएकोमा यहाँहरुलाई स्वागत छ ।

तपाई कहिलेदेखि कृषि क्षेत्रलाई ब्यवसायी रुपमा लिनुभयो ?
मैले कृषि क्षेत्रलाई ब्यवसायी रुपमा लिएको करिब २० बर्ष जति भयो । शुरुमा मैले अदुवा र घुइया खेतिबाट थोरै जग्गाबाट शुरु गरेको थिए ।
अहिले पनि अदुवा, घुइया खेति मात्र गर्नु भएको छ ?
अहिले मैले ३ कठ्ठामा घुइया खेति गरेको छु । अुदवा खेति केही बर्षदेखि गर्न छाडे रोग लाग्ने भएकाले र अहिले तरकारी खेति लागेको छु ।  कति जमिनमा तरकारी खेति गर्दै आउनु भएको छ । जमिन आफ्नै हो की भाडाँमा लिनु भएको छ ?
शुरुमा मैले ५÷७ कठ्ठामा तरकारी खेति गर्दथ्ये । तर अहिले करिब २५ कठ्ठामा तरकारी, फलफुल खेति गर्दै आएको छु । त्यो सबै आफ्नै जमिन हो भाडाँमा लिएको छैन् ।

यो पेशामा कस्ता छन्, चुनौति अवसर र समस्या ?
मानिसलाई कुनै पनि पेशा गर्न सजिलो छैन् । त्यसमा पनि कृषि पेशा धेरै मेहेनत गर्नु पर्ने हो । यो पेशा गर्दा चुनौति र समस्याहरु धेरै छन् । शुरुमा रोपेपछि बचाउन धौँ, विभिन्न खालका रोग लाग्ने र उत्पादन भए विक्री नभएपछि खेरा फाल्नु पर्ने बाध्यता जस्ता समस्याहरु हुने गर्दछन् । अब अवसर भन्दा घर मै परिवारहरुको साथ सहयोगमा खेति गर्न पाउँदा धेरै खुशी लाग्छ । हामी नेपाली आथिर्क अभावका कारण खाडि मुलुकमा जानु पर्ने बाध्यता छ । तर मलाई मेरो ठाउँमा पसिना बनाउँदा पाउँदा यो नै ठुलो अवसर जस्ता लाग्छ । सबै मानिसहरु यो पेशामा लाग्न मन पराउँदैन् ।
स्थानिय सरकारले तपाई अनुदान दिएको छ त ?
मैले स्थानिय सरकार आएपछि विभिन्न किसीमको अनुदानहरु पाएको छु । स्थायी तथा अस्थायी टनेल , सिंचाईको लागी पानी पोखरी निर्माण, मोटर लगाएत अन्य कुराहरु अनुदानमा पाएको छु । जसले गर्दा मलाई यो पेशामा लाग्न थप उर्जा मिलेको छ ।

तरकारी खेति बाहेक अरु के के पाल्नु भएको छ ?
मैले अहिले पनि ३ कठ्ठामा घुइया, १३ वटा टनेलमा टमाटर, अन्य तरकारी, फलफुलमा अनार, लोकल कुखुरा, टर्की बाख्रा पालन गर्दै आएको छु ।
घर परिवारबाट कतिको सहयोग पाउनु भएको छ ?
कुनै पनि काम गर्दा घरपरिवारको साथ भएन भने त्यो सफल हुदैन् । मलाई छोराछोरी श्रीमतीले धेरै साथ दिदै आएका छन् जसले गर्दा आज लामो समय सम्म म यो पेशामा लागि रहेको छु ।
तरकारी बजार ब्यवस्थापनको समस्या के छ ?
उत्पादन भएको तरकारी विक्री नहोला भन्ने चिन्ता छैन् । केही गाउँ घरमै विक्री हुन्छ । केही बजारमा विक्री हुन्छ । बरु अहिले नेपालमा कोरोनाको कारणले लकडाउन हुदाँ सवारी साधन नचल्दा उत्पादन भएको तरकारी खेरा गएको थियो । नत्र भने जति तरकारी उत्पादन भएपनि विक्री हुन्छ ।
 अब स्थानिय सरकारले के गरेपछि तपाईहरुलाई राहत हुन्छ ?
अब स्थानिय सरकारले म जस्तै गाउँपालिकाका किसानहरुको लागी कोल्डस्टोरको स्थापना र हप्ता वा १५ दिनमा एक पटक हाट बजार लगाउने ब्यवस्था गर्ने हो भने सबै किसानले उत्पादन गरेका बस्तुहरु विक्री पनि हुने र अरुलाई पनि यो पेशा अगाल्न सहयोग हुने थियो । अहिले धेरैलाई कृषिमा दुख गरे विक्रि हुदैन् भन्ने छ । यो ब्यवस्था भयो भने धेरैले ब्यवसायिक रुपमा यो पेशा अगाल्ने थिए । त्यसैगरी सिंचाई अभाव हुने ठाउँमा थोपा सिंचाई वा अन्य सिंचाईको ब्यवस्था गरिदिए राहत हुन्छ ।
यो पेशामा लागेपछि खाना लगाउन पुगेको छ त ?
अहिले सम्म यो पेशाबाट पुगेको छ । अलिहे सम्म मैले करिब ३ विगाह जमिन जोडिसकेको छु । साथै सम्पूर्ण खर्च कटाएर मासिक २÷३ लाख बचत हुने गरेको छ ।
यदि तपाई यो पेशामा नलागेको भए के गर्नु हुन्थ्यो ?
यदि म पेशामा नलागेको भए म भारत वा तेस्रो मुलकमा हुन्थ्ये होला । किनकी नेपालमा अन्य रोजगारी पाउन सक्ने थिएन् । पैसा कमाउनको लागी त जानै पदथ्र्याे होला ।
अन्तमा के भन्नु हुन्छ ?
अन्तमा के भन्छु, भने यदि नेपाल मै आफ्नै ठाउँ मै मेहेनत गरे हामी कोही पनि अर्काको देशमा जानु पर्दैन् । त्यसका लागी आफुले शुरुवात गर्नु पर्दछ । नेपालमा केही छैन्, केही हुदैन् भन्नु भन्दा यहाँ केही गरौँ भन्ने मनमा हुनु पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्