• २०७७ कार्तिक १२ गते बुधवार

आज सुनको मूल्य तोलामा ५ सयले घट्यो

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ८ गते सोमवार

काठमाडौं,८ भदौ : नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम चलिरहेको छ । आज पनि सुनको मूल्य तोलामा ५ सयले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ४ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सयमा कारोबार भएको थियो भने भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेकोे छ । आज चाँदी प्रतितोला १३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार