• २०७७ फाल्गुन १९ गते बुधवार

प्रबिधिको प्रयोगले गाँउमै युवाको आर्थिक अबस्था फेरीयो

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ७ गते आइतवार

दाङ  : दाङका एक युवाले युटुवमा भिडियो हेरेर कृषि ब्यवसाय शुरु गरेका छन । बबई गाउँपालिका ७ चरकमटियाका २२ बर्षीय गोपाल रानाले राप्ती पशुपालन तथा कृषि फर्म दर्ता गरी ब्यवसाय शुरु गरेका छन् । करिब ढेड बर्षदेखि शुरु गरेका रानाले विभिन्न युटुवहरुमा राखिएका पशुपालन तथा कृषि सम्बन्धी भिडियो हेरेपछि आफु पनि यो पेशा तिर लागेको उले बताए । अहिले ७ वटा भैसी तथा तरकारी खेति गर्दै आएको समेत उनले बताए ।

धेरै नेपालीहरु बेरोजागर भएर विदेश तिर गइरहेको अवस्थामा आफुले आफ्नै गाउँ ठाउँमा केही गर्नु पर्छ भनेर यो पेशामा लागेको समेत उनले बताए । प्सल टु सकाएर विदेश जाने योजना अनुसार आफु कोरियन भाषा पढ्न काठमाडौँ गएको र त्यहाँ बस्दा युटुवहरुमा कृषि सम्बन्धी भिडियो हेरेर अब नेपाल मै केही गर्नु पर्छ भनेर आफु विदेश जाने सपना त्यागेर यो पेशामा लागेको समेत उनले बताए ।

‘ यो पेशामा लागेपछि आफु एकदमै खुशी भएको उनले बताए । ‘ भैसीलाई दानापानी दिदाँ, स्याहार सुसार गर्दा मात्र नभई साना साना पाडा पाडीलाई देख्दा निकै आनन्दको महशुस हुन्छ,’ उनले भने । अहिले सम्म करिब १६ लाख जति लगानी भइसकेको र करिब ५० वटा भैसीहरु आफुहरुले पाल्ने योजना बनाएको समेत उनले बताए ।

त्यसैगरी उनले उत्पादन भएको दुध साना किसाना सहकारी संस्था शान्तिनगर ७ धनौरीले संचालन गरेको दुग्ध डेरीमा लैजाने गरेको उनले बताए । त्यसैगरी उनले आफुहरुको मेहेनत अनुसार दुधको मुल्य नभएको बताए । ‘ अहिले ५० रुयैयाँ लिटर दुध डेरीमा दिदै आएका छौँ,’उनले भने,‘ तर हामीले भैसीलाई करिब ३९ रुपैयाँ किलो दाना खुवाउनु पर्छ ।

 

त्यसैले स्थानिय सरकारले बजार ब्यवस्थापन गरिदिए सहज हुन्थ्यो ।’ अहिले फर्ममा भएका भैसीबाट बार्षीक रुपमा साढे ३ लाख जति आम्दानी हुने गरेको रानाले बताए । त्यसैगरी रानाले राज्यले कुनै पनि ब्यवसाय गर्नेलाई अनुदान दिनु भन्दा बजारिकरण ब्यवस्था गरिदिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार