कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ७ गते आइतवार

काठमाडौं, ७ भदौ : नेपालमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको बताए ।

जसमध्ये झापाका एक जना ५८ वर्षीय पुरुष, पर्साका एक जना ५६ वर्षीय महिला र सर्लाहीका एक जना ३३ वर्षीय महिला रहेका छन् । यससँगै हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १ सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार