• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा थप ८ सय १८ जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ७ गते आइतवार

काठमाडौं, ७ भदौ : नेपालमा थप ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप संक्रमितसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।आइतबारसम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना संक्रमित रहेका छन् ।

प्रदेश १ मा १ हजार १ सय ५२, प्रदेश २ मा १ हजार ८ सय ९०, बागमती प्रदेशमा ३ हजार ६ सय १७, गण्डकी प्रदेशमा ३ सय ५० जना, प्रदेश ५ मा ९ सय ३५ जना, कर्णाली प्रदेशमा ३ सय १८ र सूदुरपश्चिम प्रदेशमा ९ सय ५० जना रहेका छन् ।त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय ४३ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ७३ जना, प्रदेश २ मा ३ हजार २ सय ७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा २२ जना र सूदुरपस्चिम प्रदेशमा २६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै हाल सम्म १८ हजार ६ सय ३१ संक्रमितहरु निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार