• २०७७ मङ्सिर ११ गते बिहिवार

बिपद् जोखिम न्यूनिकणका लागि १० बर्षे रणनीतिक कार्ययोजना

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ७ गते आइतवार


तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले विपद् जोखिम न्युनिकरण सम्बन्धी १० वर्षे नीति तथा रणनीतिक कार्ययोजना बनाउन शुरु गरेको छ ।  उपमहानगरपालिकाले दिर्घकालिन नीति तथा रणनैतिक कार्ययोजना बनाउनका लागी विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तीहरुसगं सुझाव संकलन गरिरहेको विपद् व्यवस्थापन शाखा प्रमुख भिम प्रकाश खत्रीले जानकारी दिए ।

विपद् व्यवस्थापन शाखा तुलसीपुर उपमहानगरपालिकाले आइतवार तुलसीपुरमा पत्रकारहरुसगं गरेको विपद् जोखिम न्युनिकरण सम्बन्धी दिर्घकालिन नीति तथा रणनैतिक कार्ययोजनाका विषयमा छलफल गरेको हो ।
यसअघि तुलसीपुरका १९ वटा वडाका सरोकारवाला पक्ष,तुलसीपुर उद्योग बाणिज्य संघ,जनप्रतिनिधि लगायतसँग पनि छलफल गरिएको परामशकर्ता उमेश खरेलले बताए ।

कार्यक्रममा विपद् जोखिम न्युनिकरण सम्बन्धी दिर्घकालिन निति तथा रणनैतिक कार्ययोजनाका परामर्शकर्ता भुपमणी दाहालले विपद्को दृष्टिकोणले हेर्दा नेपाल जोखिम पुर्ण राष्ट्रको रुपमा रहेको बताए । अहिलेको परिस्थितीमा विपद्ले एउटा मात्र होइन, समग्र क्षेत्रलाई प्रभावित पार्ने अवस्था छ ,उनले भने।  उनका अनुसार भुकम्पको दृष्टिले हेर्दा नेपाल ११ औँ राष्ट्रका रुपमा चिनिन्छ ।  त्यस्तै जल उत्पन्न प्रकोपको दृष्टिले हेर्दा जोखिम पुर्ण नै मानिन्छ,समग्र विपद जोखिमको हिसावले हेर्दा २० औँ स्थानमा रहेको छ भने क्षमताको हिसावले नेपाल १ सय ३८ औँ स्थानमा परेको छ ।

नेपाल जोखिमका हिसावले हेर्दा अगाडी र क्षमताको हिसावले पछाडी रहेको भन्दै दाहालले अब जोखिमलाई पछाडी पारेर क्षमतालाई अगाडी ल्याउने उद्देश्यले अघि बढ्नु पर्नेमा जोड दिए । दाङ जिल्ला पनि बाढी, पहिरो, भुकम्प, चट्याङ्ग, सर्पदंश लगायतका विभिन्न विपद्का हिसावले जोखिमपूर्ण रहेको भन्दै उहाँले यसवारे सबैले पुर्व सजकता अपनाउनु पर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिका,राप्ती गाउँपालिका,लमही नगरपालिका र दंगीशरण गाउँपालिकाको स्थिती हेर्दा मानव क्षतीको हिसावले सडक दुर्घटना पनि सबैभन्दा ठुलो समस्याका रुपमा देखिएको उनले बताए ।
नेपाल सरकारले विपद् जोखिम न्युनिकरणका लागी धेरै खालका नीति, कानुन, ऐनहरु निमार्ण गरेको थियो, उनले भने । तर अहिले संघिय सरकार आइसके पछि केन्द्रले तयार गरेका निति,नियम,ऐन,कानुनहरु निर्देशिकाको रुपमा रहने भएपनि स्थानीय तहले आफ्नो क्षेत्रको विपद् जोखिम न्युनिकरणका लागि आवश्यक पर्ने निति,रणनितिहरु आफै निमार्ण गर्नुपर्ने भन्ने प्रावधान अनुरुप विपद जोखिम न्युनिकरण सम्बन्धी कार्ययोजनालाई अघि बढाइएको छ ।

उनका अनुसार अहिले जिल्लाका ४ वटा स्थानिय तहहरुमा जोखिम न्युनिकरण सम्बन्धी कार्ययोजना निमार्ण हुन लागेको छ । कार्यक्रममा पत्रकार तथा मानव अधिकारकर्मी सुशिल बस्नेतले विपद जोखिम न्युनिकरण सम्बन्धी स्थायी सयन्त्र बनाउन जरुरी रहेकोमा जोड दिए ।  सो अवसरमा पत्रकार नारायण खड्का,गोपाल शर्मा भट्टराई,गिरिराज नेपाली लगाएतले पुर्व सुचना प्रणालीलाई तुरुस्त, दुरुस्त बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाईटी दाङका कार्यक्रम अधिकृत संन्तोष ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार