• २०७७ कार्तिक ४ गते मङ्गलवार

लागु औषध ब्राउन सुगरसहित बाँकेमा ३ जना प्रहरी नियन्त्रण

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ५ गते शुक्रवार

बाँके : बाँकेमा प्रहरीले अबैध लागु औषध ब्राउन सुगर सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बाँके नेपालगंज २ सुनारमण्डी निवासी ४६ बर्षीय साविर अलि सिद्धिकी,वडा नं.१५ भट्टीटोल निवासी ३० बर्षीय सोनु खान र सोही ठाउँका ३० बर्षीय ईनतियाज शेषलाई ५ ग्राम ३०० मिली ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

शुक्रवार गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज ११ सुनार मण्डीमा चेकजाचँ गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागु औषध भेट्टिएपछि उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी सुवास खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार