• २०७७ फाल्गुन १९ गते बुधवार

नेपालमा कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ५ गते शुक्रवार

काठमाडौं : नेपालमा शुक्रबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाको पिसिआर परीक्षणमा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्। यसरी मृत्यु हुनेमा छुट्टाछुट्टै ११ जिल्लाका छन्। मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, काठमाडौं, मोरङ, ललितपुर, चितवन, मकवानपुर र प्युठान जिल्लामा १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार