• २०७७ कार्तिक ४ गते मङ्गलवार

आज हरितालिका तीज पर्व, यस बर्ष सुनसान

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ५ गते शुक्रवार

फाइल फोटो

काठमाडौं :  आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व । देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका तीजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्नेका रुपमा लिइन्छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसेर तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।

तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । भने कसैले मन शान्तिका लागि ब्रत बस्ने गरेको पाइन्छ । तिजका दिन बिहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेपनि यो वर्ष कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण असर परेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार