त्रिनेत्र यातायात प्रालिद्धारा बाटो मर्मत

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार

तुलसीपुर : तुलसीपुरमा रहेको त्रिनेत्र यातायात प्रालिले तुलसीपुर ८ र ९ कटकुइया जाने बाटो अन्र्तगत गहते खोलाको उकालो बाटो मर्मत गरेको छ । बर्षायाममा आएको पानीले बाटो विगार्दा पैदलयात्री तथा गाडीहरु चलाउन समस्या हुने भएकाले प्रालिले मर्मत गरेको जनाएको छ ।

बाटो बिग्रिदा समेत कसैले चासो नदिए पछि आफुहरुल मर्मत गरेको प्रालिका अध्यक्ष चुडामणी घर्तीमगरले बताए । यस अघि पनि उक्त बाटो आफुले मर्मत गरेको भन्दै उनले अहिले पानीले गर्दा गाडि दुर्घटना जोखिम धेरै भएकाले प्रालिले जेसिवी लगाएर मर्मत गरेको उनले बताए । त्यसैगरी उनले तुलसीपुर उपमहानगरपालिका भित्र यस्तो अवस्था हुदाँ समेत स्थानिय सरकारले ध्यान नदिदाँ नागरिकहरुले सास्ती पाउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार