• २०७७ कार्तिक १२ गते बुधवार

प्रदेश ५ का ३ जिल्लामा अट्वारीको अवसरमा सार्बजनिक विदा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार


दाङ :  प्रदेश ५ सरकारले थारु समुदायको महत्वपूर्ण पर्व बड्का अट्वारीमा ३ जिल्लाका सम्वन्धित समुदायलाई एक दिन सार्वजनिक विदा दिने भएको छ । २०७७ बैशाख १० गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार यदि भदौ ७ गते आइतवार बड्का अट्वारी पर्वमा सार्वजनिक विदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

दाङ, बाँके र बर्दियाका सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिइने मन्त्रालयका उपसचिव माधवराज मरासिनीले सुचना जारी गरी जानकारी दिएका छन् । थारु समुदायले बड्का अट्वारी पर्वमा सार्वजनिक विदाका लागि माग गर्दै आएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार