• २०७७ कार्तिक १३ गते बिहिवार

बबईमा थप ३ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार


दाङ :  दाङमा बुधवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा बबई गाउँपालिका वडा नं. ३ का २६ बर्षीय पुरुष र वडा नं. ४ का १८/१८ बर्षीय २ जना गरी ३ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

गाउँपालिकाबाट स्बाव परिक्षणका लागी ८० जनाको आएको  मध्य पनि १० जनाको परिक्षण गर्दा ३ जनामा पोजेटिभ र ७ जनामा नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी लमहीबाट आएको १ सय जनाको स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको समेत प्रतिष्ठानले जनाएको छ । त्यसैगरी रोल्पाबाट १८ जनाको, रोल्पाको त्रिवेणी गाउँपालिकाबाट आएको १० जनाको, र सल्यानको कपुरकोटबाट आएको ८२ जनाको स्वाब पिसीआर विधीबाट परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार