• २०७७ कार्तिक ६ गते बिहिवार

प्रेस काउन्सिलका कार्यवाहक श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार

काठमाडौँ  :  सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई गरेको नियुक्त गरेको कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यवाहक तोक्दै श्रेष्ठलाई हटाएको थियो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार