• २०७७ कार्तिक १२ गते बुधवार

नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार

काठमाडौं  : नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार  ९३८ भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा १ सय ३४, भक्तपुरमा ८ र ललितपुर १७ गरी सय ५९ मा कोरोना पुष्टि भएको छ।

नेपालमा हाल ११ हजार १ सय १८ सक्रिय संक्रमितको संख्या रहेको छ। नेपालमा थप १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। योसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार