• २०७७ कार्तिक ६ गते बिहिवार

टोल टोलका युवाहरुलाई खेलकुद सामाग्री बितरण

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार


दाङ,  ३  भदौ : नेपाल तरुण दल घोराही उपमहानगरपालिका वडा नं २ रामपुरले स्थानीय युवाहरुलाई खेलकुद सामाग्री बितरण गरेको छ ।
तरुल दलले घोराही उपमहानगरपालिका वडा नं २ का बालापुर, निमुरिया, सुर्केडाँगी, कालीमाटी टोलका युवाहरुलाई फुटवल, भलिवल, नेट, फुटवल पोल लगायतका खेलकुद सामाग्री बितरण गरेको हो । युवाहरुलाई फुर्सदको समयमा खेलकुदमा ब्यस्त गराउनका लागि खेलकुद सामाग्री बिरतण गरिएको नेपाल तरुण दल घोराही उमहानगरपालिका वडा नं २ का अध्यक्ष बिष्णुबहादुर घर्तिले जानकारी दिए ।

उनका अनुसार बिभिन्न स्थानीय सहयोगीहरुबाट सहयोग स्वरुप प्राप्त रकम मध्ये करिव ७५ हजार रुपैया बराबरको खेलकुद सामाग्री बितरण गरिएको छ ।  घोराही उपमहानगरपालिका वडा नं २ लाई खेलकुदमय वडा बनाउने योजनाका साथ आफूहरुले युवाहरुलाई एकिकृत गरी अघी बढेको घर्तिले बताए । आफू खेलाडी भएका कारण खेलका माध्यमबाट युवाहरुलाई अनुशासन, सहयोगी र सक्रिय रुपमा अघी बढाउने सकिने भएको हुदा तरुण दलले पनि सोही योजन अनुसार काम गरिरहेको तरुण दलले जनाएको छ ।

वडा नं २ का बाँकी अरु टोलका युवाहरुलाई छिटै खेलकुद सामाग्री बिरतण गरिने योजना रहेको तरुण दलका अध्यक्ष घर्तिले बताए । स्थानीय युवाहरुले आफूहरुको खेलकुद खेल्ने समूह तयार गरि त्यहा खेलकुदका क्रियाकलाप भइरहेको र सो कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले काम थालिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार