• २०७७ कार्तिक १२ गते बुधवार

सर्टिफिकेटले काठमान्डौ डो-याएरको पहिलो यात्रा : मिना खड्का

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २ गते मङ्गलवार

झसङ्ग भएँ । ध्यान जति मार्कसिटमा । मन फुरुङ्गै । कारण, कक्षा १२ को ‘रिजल्ट’ । सपना सुन्दर थिएँ, बच्चैदेखि । त्यसमध्येकै अझै उत्कृष्ट सपना बोकेर घरभन्दा अलिक टाढा छु । करिब तीन वर्ष पुग्न थालेछ । जहाँ संस्कार फरक छ । म सानैदेखि रेडियो सुन्न रुचाउथेँ रे, आमाले भन्नुभएको । मुखले सबै अभिव्यक्ति दिन नसक्ने मेरो अनुहारको भाषाप्रति विज्ञ आमा हुनुहुन्थ्यो र अहिले पनि उहाँ नै हो ।
हिजो रेडियो सुन्ने म १ आज रेडियोमा सामाचार भन्छु ।

सल्यानबाट दाङ पढ्न झरेँ । २ घण्टा क्लास हुन्थ्यो । दिनभर फुर्सद । बेकामे भएर मरिगए बस्न सकिएन । फेरि रेडियोमा नै समाचार पढ्छु भन्ने सोच बनाएँ । सुरु भयो दैनिकी– बिहान ६ देखि क्लास, अनि १० देखि अफिस । बेकारमा बस्नु भन्दा ठीकै लाग्यो । दिनहरु पनि राम्रै बिते । बेलाबेलामा समस्याहरुले खुब सिकाउछन् । कुनैले आशा जन्माउँछन् ।

कुनैले निराशा । खै कति समस्यासँग जुधेँ आजसम्म अनगिन्ति छन् । देश संघीय संरचनामा गएपछि प्रदेश ५ मा पर्ने दाङ मेरो छिमेकी जिल्ला अहिले स्थायी ठेगाना बनेको छ । जिन्दगीका दुरुस्त गतिबिधिहरु । रिजल्ट त आयो तर मेरो पक्षमा आएन । सुरुमा त नामै नहेरी अंक हेरेँ पास भएछु । मेहनत अनुसारको उपलब्धी ठीकै लाग्यो । तर जब नाम हेरे । मार्कसिट हेरे मन खङग्रङ् भयो । आजसम्म गरिएको मेहनत खै भन्ने लाग्यो ।

केही क्षणमै मन, मन रहेन । चिच्याइ–चिच्याइ रुन मन लाग्यो । सबै बिग्रियो भन्ने लाग्यो । त्यतिबेला नै हो जीवनमा पहिलोपटक जीवनका यथार्थहरुबाट भाग्नु हुदैन, सँघर्षसँग लड्नैपर्छ भन्ने लागेको । जीवनमा कतिपय समस्याहरु परीक्षा लिनकै लागि आउँछन् भन्ने लाग्यो । बुझ्दै गए । केही संघर्ष गर्न राष्ट्रिय परीक्षा बोर्डको कार्यालय भक्तपुर जानुपर्ने भयो । उता गाउँमा हल्लै हल्ला मिनाको त रिजल्ट बिग्रियो रे अब नबन्ने भएछ । अर्को वर्ष फेरि परीक्षा दिनुपर्ने भयो । यस्तै यस्तै । मेरा सपना र मेरा प्रगतिको मेहनतको माया मलाई भन्दा बढी मेरी आमालाई लाग्छ । उहाँले कसरी मन बुझाउनु भयो कुन्नी, त्यो बखत ।

छोरीलाई घरभन्दा बाहिर जान दिनु हुँदैन भन्ने सोच भएको समाजमा जन्मिएकी मलाई बाहिर पढ्न पठाउने मेरी आमाको सहास म आफैलाई गर्व महसुस हुन्छ । सबै बुझेँ । विद्यालयका सरहरुले सहयोग गर्नुभयो । रजिष्ट्रेसन नम्बर बिग्रिएको रहेछ । सच्याउन काठमाडौं जानुपर्ने भयो । यो भन्दा पहिला कहिले पनि काठमाडौं नगएकी मलाई एक्लै त्यती काम गरेर आउन सहज त कहाँ थियो र ?
तर आटँ गरे सक्छु भन्ने लाग्यो । अनेकन आरोह अवरोह छिचोल्न सक्नु नै सफलता हो भन्ने भान भयो । यो यात्रामा उतार, चढाव, आरोह, अवरोह पनि कत्ति धेरै आएका रु काठमाडौँ जानैपर्ने भयो ।

राष्ट्रिय परीक्षा बोर्डको लागी घोराहिमा एउटा सिफारिस लेख्न लगाए । घोराहि बाटै टिकट काटेर लागे काठमाडौँ । ५ बजेको हुँदो हो, साझँको । एउटी दिदी रहिछन् मसँगैको अर्को सिटमा । छोरालाई भेट्न जान लागेकी रे । यात्रा रमाइलो थिएन । दिदीले कैयौँ प्रश्न सोधिन उसैगरी सोधेँ मैले पनि । म जस्तै रहिछन् पहिलो पटक काठमाडौँ जाने । जटिलताको पनि आफ्नै सौन्दयर्ता हुने रहेछ । खोइ त्यो रात कतिपटक निदाए, कति पटक ब्युझिँए ? भर्खर भदौ महिना लागेको थियो । भदौको ३ गते । मनमा शान्ति थिएन । ओहो रातभर पानि प¥यो । आमाले त्यस्तै ४ पटक जति फोन गर्नुभयो । कहाँ पुगिस्, खाना खाइस कि नाइ ? आखिर आमा न हुन्, चित्त बुझेंन होला यस्तै, यस्तै ।

खाना नि खानै मन लागेको थिएन । खाना खाइन तर आमालाई खाए भनिदिएँ । रातभर हिडिँयो गाडिमा । जिन्दगीमा पहिलो पटक होला यसरी गाडिमा लामो यात्रा गरेको । कुन्नि के के सोच्न भ्याए त्यो रात । निरन्तरका जिज्ञाशा । कयौँ प्रश्न उब्जिए मनमा । कतिको उत्तर त यहीँ मनले दियो । धेरै प्रश्न त बिना जवाफ विलिन भएर हराए । पूरा रात बित्यो । अगाडि बसका चालक घुम्ती अनि कति खाल्डाहरु छिचोल्ँदै बस कुदाइरहेका थिए । त्रिसुलीको बहाव आहा लाग्यो । मुग्लिनको जाम । नौबिसेको उकालो, बिभिन्न ठाउँमा हुने प्रहरी चेकिङ सबै छिचोलियो । रातभर यात्रा । अझै भेटिएन काठमाडौँ । शरीर खत्रक्क परेको थियो । गाडी मोटरका धुँवा । मनमा छुट्टै हुटहुटी । बिहानको ७ बजेर ४७ मिनेट गएको थियो । मन आफ्नै बसमा मरिगए राख्न सकिन डुलिरहयो मन पर–परसम्म ।

दिदीको फोन आयो । कहाँ आइपुग्यौ रु कलंकी रे दिदी भने । केही समयमा नै पुगियो बसपार्क । बल्ल झर्न खोज्दै थिए गाडिबाट जतापनि मान्छे नै मान्छे । फोन गर्न मोवाइल खोज्दै थिए दिदीलाई देखिहाले । गयौँ दिदिको कोठामा । अगाडि बसपार्क आएर पर्खिनु भएको रहेछ । कौतुहलता र विगत अनि भविष्यका परिदृष्यहरु मन मष्तिष्कमा नाचे बेस्सरी । बसपार्कको त्यो चहलपहल सबै आफ्नै लयमा आफनै तालमा । ओहो कुनै कुनै बेलाका भोगाइहरु त सिनेमा घरका पर्दाहरुमा जस्तै स्मृतिमा झुल्किन हुनेरहेछन् ।

मान्छेहरु के हुन्थे होला दुःख सधैँ दुख भइरहने भए । प्रश्न सधै प्रश्न भइरहने भए । म अझै घोत्लिदै थिए । निकै प्रदूषित । बिहानको ११ बजेको थियो भत्तपुरका लागि हिँडे। मामाले बाइकमा लगेर छोड्दिनु भयो । धुलो धुवाँ खादैँ केहीबेरमा परीक्षा बोर्डको गेटमा पुगे । म जस्ता त कति रहेछन कति सच्याउन गएका विद्यार्थी । कार्यलयको गेटभित्र छिरेपछि भने मन अलिक सामान्य भयो । सामान्य लागे पनि मेरो र अरुको समस्याको प्रकृतिको बोध भने म गर्थे । मेरो त्यो दिन काम भएन । फेरि अर्को दिन जानुपर्ने भयो ।

भोलिपल्ट कसैलाई दुःख दिनै मन लागेन एक्लै बसमा चढे । त्यो जाम फेरि उसै गरी पुगे परीक्षा बोर्डको कार्यालयमा । आज चाहिँ काम भयो फाराम भरे र सबै डकुमेन्ट्र बुझाएर फर्किए दिदिको कोठमा । टाढा थिएन दिदी कोठा । शरीर लर्थक्कै भको हुँदा होला गएर सुते । शरीरलाई आराम नभएको त करिब करिब १४ दिन भन्दा बढी भइसकेको थियो । रिजल्टकै पिर ले न राम्रोसँग खाना खाएकी थिए । न त निदाएकी नै थिए । त्यो रात चाहिँ आनन्दसँग निदाएँ । अहो, कतिधेरै अवरोध । कतिधेरै समस्या ।

लेखक खड्का विभिन्न दाङका विभिन्न मिडियामा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार