• २०७७ कार्तिक ६ गते बिहिवार

कोरोना जोखिमलाई मध्यनजर गर्दै बंगलाचुलीमा तिजमा भिडभाड तथा नाचगान गर्न रोक

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २ गते मङ्गलवार

दाङ :  बंगलाचुली गाउँपालिकाले यस वर्षको हरितालिका तिजको दिन नाचगान ,भिडभाड गर्न रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाको ८ वटै वडाका गाउँवस्तिमा तिज तथा पञ्जमिका दिन हुने भिडभाड तथा नाचगान जस्ता कार्यलाई पुर्ण रुपमा रोक्नका लागि गाउँपालिकले सबै वडाहरुलाई पत्राचार समेत गरि सकेको छ ।

गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड१९) को जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए । यसैविच बैठकले दाङ जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)ले गरेको निर्णयलाई पनि गाउँपालिकामा लागु गर्ने भएको छ ।

सिसिएमसिले भदौ १ गते देखि ८ गते सम्म वेलुका ७ बजे देखि विहान ५ बजे सम्म निषेधआज्ञा जारी गरेको छ । यो नियम गाउँपालिकामा पनि पूर्णरुपमा पालना गर्ने निर्णय भएको हो ।  यसैविच अध्यक्ष वलीले यो वर्षको तिज सबैलाई घरमै वसेर मनाउन,भिडभाड तथा नाचगान जस्ता कार्य नगर्न अपिल समेत गरेका छन् । उनले कोरोना भाइरसको जोखिम अझै पनि कायमै रहेको हुँदा सबै नागरिकको स्वास्थ्य रक्षाका लगि स्थानिय सरकार सधै गम्भिर रहेको बताए ।

उनले भने ,“चाड पर्वको समय छ । संगै कोरोनाको जोखिम पनि उत्तिकै छ, त्यसैले जनता आफै पनि सजग,सचेत र सुरक्षाका उपायहरु अपनाउन अपरिहार्य छ । स्थानिय सरकार जनताको स्वाथ्य प्रति सधै चिन्तित र गम्भिर भएको छौँ । जताले पनि स्थानिय सरकारलाई साथ दिन आवश्यक छ ।“ महामारीको समयमा परिवारमै वसेर सुरक्षित तवरले चाडपर्वमनाएमा महामारीको जोखिम कम हुने हुँदा सबैलाई सजग हुन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार