दाङ : दाङमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका १ पाखापानीमा करिब सवा ३ बजेतिर बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिदा सोही ठाउँ निवासी ७ बर्षिय राकेश कुमालको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
भालुबाङबाट लमही आउदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तिब्र गतीमा गुडेको टिपरले बालकलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस