प्युठानमा विषालु च्याउँ खादाँ २ को मृत्यु ३ को अवस्था गम्भिर

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २ गते मङ्गलवार

दाङ : प्युठानमा जंगली विषालु च्याउँ खादाँ एकै घरका २ बालकको मृत्यु भएको छ, भने ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्युठानको नौबहिनी गाउँपालिका ६ ढाखोला निवासी १५ बर्षी सुरेश घर्ती र १३ बर्षीय सुगम घर्तीलाई उपचारको लागी जिल्ला अस्पातल विजुवार लैजादै गर्दा सोमवार राति साढे १० बजेतिर बाटो मै मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

त्यसैगरी ३३ बर्षीय बिष्णु घर्ती उनकी ३० बर्षीय श्रीमती लिला घर्ती र १७ बर्षीय छोरा शसि घर्तीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल विजुवार प्युठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साउन ३१ गते बेलुका उनीहरुले जंगली विषालु च्याउँ पकाएर खाएका थिए । त्यसपछि उनीहरुमा झाडापखाला लागेपछि उनीहरु सिकिस्त विरामी भएको थाहाँ पाएपछि प्रहरी निरीक्षक बद्रि प्रसाद ढकालको कमाण्डमा गएको प्रहरी टोलिले उपचारको लागी अस्पताल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार