• २०७७ कार्तिक ६ गते बिहिवार

नेकपा अध्यक्षद्वयले गठन गरेको कार्यदल सचिवालयबाट अनुमोदन

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १ गते सोमवार

काठमाडौं, १ भदौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत विहिबार गठन गरेको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो ।

अध्यक्षद्वयले गठन गरेको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने केही सचिवालयका सदस्यहरुले आग्रह गरेपछि आजको बैठकबाट सो निर्णय भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको बताए।

कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज होस भनेर सचवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझाव अनुसार अनुमोदन गरिएको उनले बताए । पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार