• २०७७ फाल्गुन १८ गते मङ्गलवार

छिमेकी जिल्लामा समुदायमा कोरोना देखिदै गएपछि दाङमा सर्तकर्ता अपनाउन आग्रह

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३१ गते शनिवार


दाङ : अहिले छिमेकी जिल्लामा समुदाय मै कोरोना देखिएपछि दाङमा पनि उच्च जोखिममा रहेको भन्दै स्वास्थ्यकर्मीहरुले सावधान अपनाउन आग्रह गर्दै आएका छन् । त्यसैगरी जिल्लामा लकडाउन खुलेसंगै बजारमा मानिस तथा सरकारी कार्यालयहरुमा भिडभाड अत्याधिक हुने र यसले गर्दा भयावह स्थिती आउन सक्ने यहाँका अधिकारकर्मीहरु बताउँछन् । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना भेटिदाँ दाङमा पनि जान सक्ने भन्दै जिल्लाको अवस्था गम्भिर भएको दलित अधिकारकर्मी निर्मल नेपालीले बताए । उनले चाडपर्वको बेला जिल्लाका बजारहरु ब्यवस्थित तरिकाले संचालन गर्नु पर्ने भएता पनि धेरै मानिसहरु स्वास्थ्य सुरक्षा सामाग्री नै प्रयोग नगरी हिड्दा कोरोनाको माहामारी हुन सक्ने बताए ।

त्यसैगरी मानव अधिकार शानित समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले अहिले छिमेकी जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारीहरु लगाएत अन्यमा कोरोना देखिएकाले अब जिल्लामा सबैले सर्तकर्ता अपनाउनु पर्ने बताए । उनले जिल्लामा कम मात्र नागरिकहरुले सर्तकर्ता अपनाएको भएता पनि धेरैले नअपाउँदा जिल्लामा भयावह अवस्था आउन सक्ने भएकाले सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु पर्ने उनले बताए ।

अहिले दाङका विभिन्न स्थानियतहहरुमा समुदायस्तरमा कोरोना भएन नभएको परिक्षण भइरहेको र तुलसीपुर उपहानगरपालिकामा परिक्षण गर्दा कसैमा नदेखिएको भएता पनि जोखिम उच्च भएकाले सबैले साबधानी अपनाउनु पर्ने उपहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए । छिमेकी जिल्लामा कोरोनाको भयावह अवस्था भइरहदाँ दाङमा हुन सक्ने भन्दै सबैले स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने उनले बताए ।

भिडियो सहित

अहिले जिल्लामा भारत तथा तेस्रो मुलकबाट आउनेहरु क्रम जारी रहेकाले सम्बन्धित पालिकाहरुले क्वारेन्टाइनमा राख्न ब्यवस्था गरिहेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए । पछिल्लो समय जिल्लामा रहेका क्वारेन्टाइहरु खालि हुदै गएर र अब अन्य ठाउँमा विकल्प भए विद्यालयमा नबनाउने योजना रहेको भएता पनि कोरोना संक्रमणको दर बढ्दै गए, विदेशबाट आउनेको संख्या बढि भए पनि विद्यालय मै क्वारेन्टाइन बनाउन सकिने समेत उनले बताए ।

कोरोना महामारीका कारण बालबालिकाहरु पढाईबाट बञ्चित भएको अवस्थामा लामो समय सम्म विद्यालयमा क्वारेन्टाइन राख्न अब गाउँपालिकाले सामुदायिक बनका भवन वा अन्य खालि भवनहरुमा क्वारेन्टाइन बनाउने योजना गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार