घोराहीमा ८/ १० जना युवाहरुको एक समूहले कुटपिट गरेर लुटपाट गरे

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३१ गते शनिवार

सांकेतिक तस्बिर

दाङ :  दाङको घोराहीमा ८/ १० जना युवाहरुको एक समूहले ३ जनालाई कुटपिट गरेर लुटपाट गरेका छन् । शुक्रवार राति करिब १० बजेतिर घोराही १६ चोरगाउँमा स्थानिय प्रदिप चौधरी सहित ८/१० युवाहरुको समुहले घोराही १६ खिरिट्टेका २६ बर्षीय अम्मर भण्डारी, सोही ठाउँका ३३ बर्षीय हेमराज भण्डारी र ४१ बर्षीय निम बहादुर भण्डारीलाई कुटपिट गरेर नगद ३० हजार र मोबाईल, घडि समेत लुटेर लगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

त्यसैगरी प्रहरीले लुटपाटको आरोपमा २ जनालाई पक्राउ गरेको कार्यालय प्रवक्ता एंव एसएसपी राज कुमार बैदवारले जानकारी दिनुभयो । पक्राउ पर्नेमा घोराही १६ का २८ बर्षीय सुविर चौधरी र सोही ठाउँका ३३ बर्षीय सुनिल चौधरी रहेको प्रहरीले जनाएको छ । साथै घटनामा संम्मलग्न अन्य ब्यक्तहरु फरार रहेको र उनीहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा जिप्रका दाङमा अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार