• २०७७ कार्तिक ६ गते बिहिवार

रेडियो कार्यक्रम शान्ती तलाउको २५० औँ शृङखला पार

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३० गते शुक्रवार

तुलसीपुर :  रेडियो कार्यक्रम शान्ती तलाउको २५० औँ शृङखला पार गरेको अवसरमा शुक्रवार तुलसीपुरमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शान्त तलाउ निर्माण समुहको आयोजनमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले लोकप्रिय कार्यक्रम शान्त तलाउनको चर्चा गदै अझै पनि रेडियो प्रतिको महत्व र आकर्षण उस्तै रहेको बताएका छन्

।प्रविधिको विकासले विगतको तुलनामा केहि फरक भएपनि आम श्रोताहरुको रेडियो प्रतिको महत्व र आकर्षण अझ बढेको उनको भनाई छ । कोरोना माहामारीको समयमा प्रिन्ट मिडिया भन्दा नागरिकले रेडियो बढि सुन्ने गरेको हुदा एफएम रेडियोको योगदान धेरै रहेको उनले बताएका छन् ।

सोहि अवसरमा बोल्दै सामुदायिक रेडियो प्रशारक संघ अकोरावका बरिष्ठ उपाध्यक्ष अजुर्न गीरीले सामुदायिक रेडियोलाई बदलिदो समय र परिवेश अनुसार सन्चालन गर्नुपर्नेमा जोड दिएका छन् । प्रविधिको विकास नहुदा रेडियोले महत्वपुर्ण भुमिका खेलेको बताउदै उनले पछिल्नो समयमा रेडियो सुन्ने तरिका फरक हुन थालेको बताएका छन् ।

कार्यक्रम शान्त तलाउ २०६० साल देखी सुरुवात भएको कार्यक्रम प्रस्तोता तुफान बाबु श्रेष्ठले बताएका छन् । सुरुमा रेडियो तुलसीपुर एफएमबाट कार्यक्रम शान्त तलाउ उत्पादन तथा प्रशारण हुदै रेडियो मध्यपश्चिम र रेडियो हाम्रो पहँचमा समेत उत्पादन भएको प्रस्तोता श्रेष्ठले बताएका छन् ।

त्यसपछि निरन्तरता पाउन नसकी रोकिएको कार्यक्रम २०७२ सालदे रेडियो प्रकृति एफएमबाट उत्पादन तथा प्रशारण सुरु गरिएको उनले बताएका छन् । सोहि समय देखी निरन्तर रुपमा कार्यक्रम उत्पादन हुदै आएको हाल दाङ सहित सल्यान, रुकुम, रोल्पाका विभिन्न दर्जन बढि सामुदायिक रेडियोबाट प्रशारण हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार