• २०७७ मङ्सिर ९ गते मङ्गलवार

आज राति १२ बजेदेखि भदौ १५ गतेसम्मका लागि काठमाडौँमा निषेधाज्ञा जारी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३० गते शुक्रवार

काठमाडौँ  : आज रातिदेखि काठमाडौँमा पनि निषेधाज्ञा आदेश भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौँभरि निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा भदौ १५ गते राति १२ बजेसम्मका लागि घोषणा गरिएको छ ।

कोरोना भाइरस संक्रमण बढेको र यसलाई नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौँ प्रशासनले जनाएको छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौँ प्रशासनको चेतावनी  छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार