• २०७७ कार्तिक १५ गते शनिवार

लायन्स क्लब अफ दाङको भवन शिलन्यास

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३० गते शुक्रवार


शरद रेग्मी
तुलसीपुर, ३० साउन : लायन्स क्लब अफ दाङको भवन शिलन्यास गरिएको छ । तुलसीपुर ६ स्थित गाईडरमा रहेको करिब दुई बिगाहा क्षेत्रफल रहेको जमिनमा कार्यालयको भवनको शुक्रबार एक कार्यक्रमका बिच शिलन्यास गरिएको हो । यस क्षेत्रका प्रतिनिधिसभा सदस्य सांसद हिराचन्द्र केसी र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सयुक्तरुपमा भवन शिलन्यास गरेका हुन् ।

वन निर्माण समितिका सयोजक यज्ञबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद केसीले आफु पनि लायन्स क्लबको सदस्य हुदै केन्द्रिय सल्लाहकार भएको भन्दै सामाजिक काममा आफुले सहयोग गर्ने बताए ।  उनले लायन्स क्लबले निर्माण गर्न लागेको भवनले तुलसीपुर क्षेत्रमा स्वास्थ्यको पहुच बृद्धि गर्न देश बिदेशबाट सहयोग गर्ने बाताबरणको सृजना गर्नुपर्ने बताए ।

कार्यक्रममा बिशेष अतिथि मेयर पाण्डेले तुलसीपुरलाई स्वास्थ्य केन्दिरको हब बनाउन लायन्स क्लबले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उनले दाताहरु सगंको छलफल पछि आँखा,दात अथवा कुन अस्पताल स्थापना गर्दा बढि उपयोगि हुन्छ त्यहि अनुसार काम अगाडि बढाउन परामर्श प्रदान गर्ने समेत तबाए ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य सघका अध्यक्ष बिरु रावत,लायन्स क्लब डिष्ट्रिक ३२५ बिटु नेपालका सल्लाहकार बिनोद कुमार श्रेष्ठ, लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमाल लगायतले बिशुद्ध सामाजिक काममा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए । लायन्स क्लब अफ दाङका पूर्वध्यक्ष देबेन्द्र केसीले एक दशक अगाडि करिब ५ कठ्ठा जमिन लायन्स क्लब अफ दाङलाई सहयोग प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार