• २०७७ कार्तिक १२ गते बुधवार

सुनको भाउ आज पनि बढ्यो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३० गते शुक्रवार

काठमाडौं : सुनचाँदीको भाउ आज पनि पुनः बढेको छ । सुनकाे भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आजका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधवार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो भने २ हजार ४ सय रुपैयाँले बढेको थियो । यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार