• २०७७ मङ्सिर ९ गते मङ्गलवार

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६  जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३० गते शुक्रवार

फाइल फोटो

कालिकोट : कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६  जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा नम्बर ३  नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो ।पहिरोले पुरेर विष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेका छन् ।जिल्ला प्रशासन कार्यालयले पहिरो गएको ठाँउमा प्रहरी टोली परिचालन भैसकेको जनाएको छ । पहिरो खसेको ठाँउमा प्रहरी र स्थानीयले उद्दारको प्रयास जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार