• २०७७ फाल्गुन १३ गते बिहिवार

स्वास्थ्यकर्मी  सहित बाँकेका २२ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २९ गते बिहिवार

बाँके : स्वास्थ्यकर्मी  सहित बाँकेका २२ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा नेपालगन्जका १५ र कोहलपुरका ७ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालका अनुसार, बिहीबार बर्दियाका २  जनामा पनि कोरोना फेला परेको छ। नेपालगन्जमा कोरोना पुष्टि भएकामा अधिकांश महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा लिइएको स्वाबको नजिता भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा १३ महिला र ७ जना पुरुष छन् । नेपालगन्जका १  जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। बिहीबार कोरोना देखिएकाहरु प्रायः पोजिटिभको सम्पर्कमा आएकाहरुको क्लोज कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणको नतिजा भएको रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार