• २०७७ कार्तिक १३ गते बिहिवार

बर्दियामा थप ३ दिन निषेधाज्ञा जारी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २९ गते बिहिवार

बर्दिया :  बर्दियामा थप ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेसँगै थप ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको हो ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाको बिहीबार बसेको बैठकले बर्दियामा ३ दिन थप गरि साउन ३२ गते सम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले साउन २५ गतेदेखि २९ गते बिहीबार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गरिएको थियो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार