• २०७७ मङ्सिर ११ गते बिहिवार

आज सुनको मूल्य तोलामा २४ सय बढ्यो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २९ गते बिहिवार

काठमाडौं: नेपाली बजारमा बुधबार प्रतितोला ६ हजार २ सयले घटेको सुनको मूल्य बिहीवार भने २ हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार ४ सयले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ४ सयमा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८ सय पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९ सय बाट बढेर ९७ हजार ३ सय पुगेको छ । यही साउन २३ गते स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार पुगेको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला ८५ वृद्धि भएको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला १ हजार २९५ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार