फाइल फोटो
काठमाडौं, १५ भदौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस