नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १५ गते सोमवार

काठमाडौं, १५ भदौ  :  नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यस्तै गोरखामा ६५ वर्षिया र रुपन्देहीमा ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षिय, रौतहटमा ४० वर्षिय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । आज ८ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । ११ हजार १ सय २९ वटा पीसीआर परीक्षणमा महिला ३ सय ३ र पुरुष ५ सय ९६ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार