सुनसान दाङका बजार, एक हप्ता निषेद्याज्ञा ( भिडियो र फोटोहरु)

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १५ गते सोमवार

दाङ : दाङमा गएराती १२ बजेदेखि देखी एक हप्ता सम्मको लागी निषेद्याज्ञा जारी भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि एक हप्ता यहि भदौँ २१ गते राती सम्म घोषणा गरिएको हो । निषेद्याज्ञा शुरु भएसंगै जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन, बजारहरु पूर्ण रुपमा बन्द भएका छन् ।

जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही पुर्ण रुपले बन्द भएका छन् । जसले गर्दा जिल्लामा सुनसान देखीएको छ । गत शुक्रवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेद्याज्ञा गर्ने निर्णय गरेको थियो ।

जिल्लामा कोरोना संक्रमणको समुदायस्तर मै देखिन थालेपछि रोकथाम तथा नियन्त्रणका लागी निषेद्याज्ञा गरिएको हो । जिल्लामा आइतवार सम्म ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य ६९८ जना निको भएर घर फर्किएका छन्,भने ७२ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार