सबै तहका बार ईकाइहरु नितिगत रुपमा केन्द्रीकृत हुनु पर्छ : बरिष्ठ अधिबक्ता शर्मा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १३ गते शनिवार

तुफानबाबु श्रेष्ठ
दाङ, १३ भदौ :  बरिष्ठ अधिवक्ता बामदेव शर्माले नेपाल बार एसोसिएशनका सबै तहका बार ईकाइहरुलाई नितिगत रुपमा केन्द्रीकृत हुनुपर्ने बताए । नेपाल बार एसोसिएशन उच्च अदालत बार ईकाइ तुलसीपुर दाङको चौथो वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै उनले नेपाल बारको एउटै छाता संगठनमा आवद्ध सम्पूर्ण कानुन व्यबसायीहरुले गुटगत राजनीति र मनोगत निर्णयलाई त्याग्नु पर्ने बताए । साथै बार र अदालतको संयुक्त बेन्च बैठकमा सम्पूर्ण कानुन व्यबसायीहरुको एउटै मत हुनुपर्ने उनको धारणा थियो ।

उच्च अदालत बार ईकाइ तुलसीपुर दाङका अध्यक्ष रबिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता प्रदिप धितालले कानुन व्यबसायीहरु समाज र राष्ट्रको आशाको केन्द्र भएकाले आचार संहिताको पूर्ण पालना संगै कानुन व्यबसायीहरुले आफ्नो आचरणमा आमुल सुधार गर्नुपर्ने कुरामा जोड दिए । न्याय प्राप्ती कानुन व्यबसायीहरुबाट मात्रै हुन्छ भन्ने आम नागरिकको भरोसा प्रति सम्पूर्ण कानुन व्यबसायीहरु गंभिर हुनुपर्ने उनको धारणा थियो । साथै अदालतको आदेशको फैसला पूर्ण रुपमा कार्यान्वयन नभएको प्रति उनले चिन्ता व्यक्त गरे ।

उपाध्यक्ष गोकर्ण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कालो कोटलाई समाजले सम्मान गर्ने भएकोले यसको छवी र मर्यादालाई उचो राख्न सम्पूर्ण कानुन व्यबसायीहरु गंभिर हुनुपर्ने बताए । साथै उनले २०५३ सालमा ८ जना कानुन व्यबसायीहरु मिलेर स्थापना भएको बार ईकाइ तुलसीपुरमा हाल ३० जना कानुन व्यबसायीहरु आवद्ध भएकोमा खुशी व्यक्त गरे ।कार्यक्रममा कोषाध्यक्ष प्रकाश रेग्मीले आर्थिक प्रतिवेदन र सचिव सुनिल धितालले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार