तुलसीपुर : समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ । दाङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारको अगुवाईमा परिक्षण बढाउन थालिएको हो ।
तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका समुदायस्तरमा कोरोनो संक्रम देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारहरू सक्रियता देखाउन लागेका हुन् ।
यही अवस्थालाई हेरेर तुलसीपुर उपमहानगरपालिकाले नगरको समुदायस्तरमा चारजनामा कोरोना संक्रमण पुष्टी भएपछि नेपालमै नमुनाखालको अभियान सुरू गरेको छ ।
शुक्रबारदेखि ‘अन द स्पोट’ स्वाव संकलन सुरू गरेको छ । नगरको स्वास्थ्य शाखा, विपद् व्यवस्थापन शाखाको अगुवाईमा तुलसीपुरका चोक–चोकमा स्वाव संकलन गरिएको छ ।
‘समुदायमा संक्रमणको यथार्थ अवस्था बुझ्न हामीले रेन्डमली ‘अन द स्पोट’ स्वाव संलन अभियान चलाएका छौं’ तुलसीपुर उपमहानगरपालिका विपद् शाखा प्रमुख भिमप्रकाश खत्रीले भने, ‘यो हाम्रो अभियान नेपालमै पहिलो हो भन्ने लागेको छ ।’ विपन्न, गरिब र गरिखाने वर्गसम्ममा पिसिआर परिक्षण पु¥याउन र समुदायलाई सचेत गराउन यस्तो गरिएको उनले बताए ।
‘यो नमुना अभियान हो’ उनले भने, ‘हामीले उहाँहरूकै घर दैलोमा पुगेर परिक्षण गर्न लागेका छौ, भीडभाड हुने ठाउँमा परिक्षण गरिरहेका छौ, त्यहाँ कोरोना छ छैन भनेर अब वास्तविकता आउने छ ।’
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षण तथा कोरोना फोकलपर्सन विमल केसीले बजार क्षेत्रका भीडभाड हुने क्षेत्र र त्यससँग सम्बन्धित व्यक्तिहरूलाई परिक्षणको दायरामा ल्याउन लागिएको बताए ।
‘अन द स्पोट’ अभियानलाई चोक–चोकसम्म पु¥याएका छौं’ उनले भने, ‘यो अभियानको स्वाव संकलनलाई रिक्सा चालक, किराना पसल, फलफूल पसले, मासु पसले र सडक व्यापार गर्नेहरूलाई प्राथमिकता दिएर स्वाव संकलन गरिएको केसीले बताए ।
तुलसीपुरमा चारवटा कोरोनाका केस सामुदायिकस्तरको देखिएपछि प्रत्येक चोकमा ८/१० जनाको स्वाव संकलन गरिराखिएको जनस्वास्थ्य निरिक्षक केसीले बताए । उनले यो अभियान यसको रिपोर्ट आइसकेपछि निक्र्यौल गर्ने बताए ।
उनले अहिलेसम्म तुलसीपुरमा स्याम्पलिङको रूपमा तीन सयजना समुदायका व्यक्तिहरूको पिसिआर परिक्षण गरिसकिएको बताए । आफ्नै अगाडी कोरोनाको परिक्षण गर्न पाउदा स्थानीयहरूसमेत खुसी देखिएका छन् ।
‘आँगनमै आएर कोरोना परिक्षण हुन्छ भन्ने लागेको थिएन’ तुलसीपुरका होटेल व्यवसायी दिल बहादुर केसीले भने, यो हाम्रो लागि भाग्यको कुरा हो ।
उनले अहिलेकै अवस्थामा आफूले कोरोना परिक्षण गराउन सक्नेमा शंका रहेको बेला घरमै सेवा पाएको समेत बताए । सुनिल स्टेशनरी चोकमा सडक व्यापार गर्दै आएकी अमनी विकले रोगको बारेमा जानकारी लिने गरी भएको परिक्षणले खुसी बनाएको बताइन् । आफूले मास्कसमेत लगाउन नसक्ने अवस्थामा कोरोना परिक्षण गर्न पाएको उनको भनाई थियो ।
सडक व्यापारी रामकली सुनारले एकाएक आएर कोरोना परिक्षण भएकोमा आश्चर्य लागेको बताइन् । ‘मलाई यो जाँच गराउन मन त लागेको थियो’ उनले भनिन् ‘कहाँ र कसलाई गएर भन्ने थाहा थिएन, आज आफै म कहाँ आउनु भयो, खुसी लागेको छ ।’
शुक्रबार मात्रै तुलसीपुर क्षेत्रमा २ सय ३४ जना समुदायस्तरका व्यक्तिहरूको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।
‘अन द स्पोट’ अन्तर्गत शुक्रबार मदन आश्रित चोक, बाहिनी चोक, सुनिल स्टेशनरी चोक, बसपार्क क्षेत्रमा गएर स्वाव संकलन गरिएको हो । यसमा संक्रमण देखिए यसको दायरा बढाउने तयारीसमेत भएको छ । दाङमा अहिलेसम्म ७ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार प्रदेश टुडे पत्रिकामा छापिएको छ ।